
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजनाअनुसार असारमै सम्पन्न गरिसक्नुपर्ने दरबार र मन्दिर पुर्ननिर्माण कार्य भर्खर मात्र सुरु भएको हो । १८१९ सालमा निर्माण गरिएको नुवाकोट दरबारको पर्खाल ढलेपछि मन्त्रालयलले गत आर्थिक वर्षमा छुट्याएको बजेटबाट दरबार र मन्दिरको पर्खाल बनाउन सुरु गरिएको हो ।
मन्त्रालयले चार जना ठेकेदारमार्फत पुनर्निर्माण कार्यअन्तर्गत दरबार र मन्दिर आसपासको पर्खाल निर्माणकार्य गरिरहेको छ । बाहिरको पर्खाल बनाउन एक करोड रुपैयाँ छुट्याएपनि जीर्ण भएको दरबार र तलेजु मन्दिर छानाको निर्माणमा भने चासो दिइएको छैन । लिच्छिविकालीन समयमा निर्माण भएको तलेजु मन्दिर र पृथ्विनारायण शाहले बनाउन लगाएको साततले दरबार लोकतन्त्र आएपछि सर्वसाधारणलाई अवलोकनको लागि खुला गरिएको थियो ।
No comments:
Post a Comment