मण्डेलाको ९५ औं जन्मदिन मनाइयो, स्वास्थ्यमा केही सुधार

३ साउन । फोक्सोको संक्रमणका कारण गम्भीर स्वास्थ्य अवस्था झेलिरहेका दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति नेल्सन मण्डेलाको ९५ औं जन्मोत्सव विश्वभर मनाइएको छ । अस्पतालमै जन्म दिन मनाएका मण्डेलाको स्वास्थ्य अवस्थामा सुधार आएको समेत उनकी छोरीले बताएकी छिन् ।


नेल्सन मण्डेलाको जन्म दक्षिण अफ्रिकाको राजधानी केप टाउन नजिकैको कुनुमा सन् १९१८ जुलाई १८ मा भएको थियो । मण्डेला दक्षिण अफ्रिकाका नागरिक अधिकारका अभियन्ता हुन् । उनले तात्कालीन दक्षिण अफ्रिकामा रंगभेद विरोधी आन्दोलन हाँकेका थिए । नेल्सन मण्डेलाको खास नाम, ‘रोलिहालाला’ हो । उनलाई नेल्सन नाम भने विद्यालयका शिक्षकले दिएका हुन् । मण्डेलाका पिता स्थानीय मेभ्जो शहरमा तिम्बु समुदायका नाइके थिए । जसका कारण पितापछि मण्डेलाले आफ्नो समुदायको नेतृत्व गरे ।

दक्षिण अफ्रिकाको विटवाटरस्रान्ड विश्वविद्यालयमा कानुन अध्ययन गर्ने क्रममा केही साथीसँग मिली मण्डेलाले रंगभेद विरुद्धको अभियान सुरु गरेका थिए । सुरुवातमा मण्डेलाले सन् १९४३ मा अफ्रिकी नेशनल कांग्रेसको सदस्यता लिई काला जातीलाई समेत गोरा समान अधिकार हुनुपर्ने अभियान चलाए । कंग्रेसमा आबद्ध भएलगत्तै उनले महात्मा गान्धीको अहिंसावादी आन्दोलनको अनुशरण गरेका थिए ।

तर विस्तारै, उनलाई अहिंसा आन्दोलन प्रभावकारी नभएको भान भयो त्यसैले अफ्रिकी कंग्रेसको सशस्त्र आन्दोलनको पनि नेतृत्व गरे । सशस्त्र आन्दोलन भए पनि उनको योजना मानविय क्षति पु¥याउने नभई विभिन्न सरकारी भवन र निकायमा आक्रमण गर्ने थियो । तर दक्षिण अफ्रिकाको तत्कालीन श्वेत सरकारले उनलाई आतंकवादी घोषणा ग¥यो । उनीमाथी सन् १९५६ मा राजद्रोहको अभियोग लगाइयो । पछि अभियोग फिर्ताभए पनि सन् १९६२ मा हिंसा र तोडफोडको अभियोगमा मण्डेला जेल परे । लगत्तै, सन् १९६४ मा उनलाई आजिवन जेल सजाय तोकियो । तर अन्तराष्ट्रिय समुदायको व्यापक विरोध र दबाबपछि उनी सन् १९९० मा जेलमुक्त भए । जेलबाट निस्किएर पनि रंगभेद विरुद्धको आन्दोलन रोकिएन, मण्डेला गोरा जातीको भेदभाव विरुद्ध लगातार लडिरहे । जसका लागि उनलाई सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मान गरियो ।

उनको नेतृत्व र जिवनपर्यन्त सशक्त आन्दोलनको फलस्वरुप सन् १९९४ मा दक्षिण अफ्रिकामा पहिलोपटक काला जातिले मताधिकार पाए । त्यही वर्ष राष्ट्रपतिको पदमा उम्मेद्वारी दिएका मण्डेला समेत पहिलोपटक अश्वेत राष्ट्रपतिमा निर्वाचित भए । मण्डेलाको कुशल नेतृत्व र अहिंसा अभियानका कारण शान्तिपूर्ण रुपमै काला जातीले अधिकारको विद्रोह जिते । सन् १९९४ देखी १९९९ सम्म राष्ट्रपति पद सम्हालेका मण्डेलाले सन् २००४ देखी फोक्सोको संक्रमणका कारण पुर्णरुपमा सार्वजनिक जिवन त्यागेका थिए ।

उनले जिवनको ६७ बर्ष देश र जनताका लागि समर्पण गरेका थिए । मण्डेलाको सम्मानमा उनको जन्मदिन जुलाई १८ मा विश्वमा हरेक नागरिकलाई कम्तिमा ६७ मिनेट मुलुकका लागि समर्पित गर्न आह्वान गरिन्छ । तीन विवाह गरेका मण्डेलाका ६ जना छोराछोरी र २० नातिनातिना छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...