महिला युरोकपको फाइनलमा जर्मनी र नर्वे भिड्ने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

महिला युरोकपको फाइनलमा जर्मनी र नर्वे भिड्ने

Share This
११ साउन । जर्मनी र नर्वे महिला युरोकप फुटबल प्रतियोगिताको उपाधिका लागी भिड्ने भएका छन ।

गएराति स्वीडेनमा भएको दोस्रो सेमिफाइनल खेलमा नर्वेले डेन्मार्कलाई टाइब्रेकरमा चार–दुईले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । टाइब्रेकरमा नर्वेकी गोलरक्षक इग्रिम हेजेलस्मीथले निर्णायक दुई गोल बचाएर टोलीलाई सेमिफाइनलमा जीत दिलाउन सफल भइन् । नर्वले खेलको तेस्रो मिनेटमा क्रिस्टेनको गोलमार्फत खेलमा अग्रता बनाउन सफल भएको थियो । ८७ औ मिनेटमा डनमार्ककी मारियन कुनुडसेनले गोल गर्दे खेललाई टाइब्रेकर तर्फ धकेलेकी थिइन् । टाइब्रेकरमा नर्वेसँग पराजित डेनमार्कले क्वाटरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । अब जर्मनी र नर्वबीचको फाइनल खेल आइतबार हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here