१९ औं चरणको रेशमा रुई कोष्टा विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१९ औं चरणको रेशमा रुई कोष्टा विजयी

Share This
५ साउन । पोर्चुगलका रुई कोस्टाले टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत १९ औ चरणको रेश पहिलो स्थानमा पूरा गरेका छन् ।
गएराति बुर्ग डी आइसान्सदेखिले ग्राण्ड बोर्नान्डसम्मको २ सय ४ दशमलव पाँच किलोमिटरको रेश कोस्टाले ५ घण्टा ५९ मिनेट शून्य–एक सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारेका हुन् । त्यस्तै, कोस्टाभन्दा मात्र ४८ सेकेन्ड पछाडि रेश पूरा गरेका जर्मनीका अँन्द्रेस क्लोडेन दोस्रो स्थान हात पारे । बेल्जियमका जान बाकेलान्टसले तेस्रो तथा फ्रान्सेली अलेक्जान्द्रो गिनीजले चौथौ स्थानमा रेश पूरा गरेका छन् । समग्रमा अहिलेसम्म ७७ घण्टा १० मिनेट शून्य–शून्य सेकेन्डमा रेश पूरा गर्दै ग्रेट ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन् । स्पनी अल्बेर्टो कोन्टाडोर तेस्रो तथा कोलम्बियाका नाइरो क्विन्टाना तेस्रो स्थानमा छन् । प्रतियोगिताअन्तर्गत शनिबार एन्सीदेखि सेमनोजसम्मको १ सय २५ किलोमिटरको २० औ चरणको रेश सञ्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here