१०, साउन । नेकपा–माओवादीले मंसिर ४ गते तोकिएको दोश्रो संविधानसभाको चुनाव बहिष्कारको घोषणा गरेको छ ।
काठमाडौको रत्नपार्कस्थित शान्तिबाटिकामा बिहीबार महासचिव रामबहादुर थापाले नमुना मतपेटिका घनले फुटाएर चुनाव बहिष्कारको औपचारिक घोषणा गर्नुभयो । नेकपा–माओवादीले शान्तिबाटिकामा महासचिव थापाले भक्तपुरमा नेत्रविक्रम चन्दले र ललितपुरमा देब गुरुङले एकैसाथ चुनाव बहिष्कारको घोषणा गरेका थिए ।
जिल्ला सदरमुकाममा पनि बहिष्कारका कार्यक्रमहरु भएका छन् । नेकपा–माओवादीले तीनदल र मधेशी मोर्चाको सहमतिमा मात्रै चुनाव हुन नसक्ने भन्दै सक्रिय र सशक्त बहिष्कार गर्ने चेतावनी दिएको छ । यथास्थितिमा कुनै पनि हालतमा चुनाव हुनै नसक्ने भन्दै गाउँ–गाउँमा भोट माग्न नेताहरु पुगे लखेट्ने चेतावनी समेत माओवादीले दिएको छ ।
राजनीतिक दलका बीचमा छलफल गरेर देशको संकट समाधान गर्नुपर्ने भन्दै सरकार र चैत्र १ गते भएको तीनदल र मधेशी मोर्चाबीचको सहमतिका आधारमा गरिएको ११ बुदे सहमति र २५ बुदे बाधा अड्काउ फुकाउ खारेजीको माग गरेको छ ।
हेरौ रामबहादुर थापा 'बादल'ले नमुना मतपेटिका घनले फुटाउँदै गरेका तस्विरहरुः
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

नमुना मतपेटिका फुटाई नेकपा–माओवादीबाट चुनाव वहिष्कारको औपचारिक घोषणा (फोटोफिचर)
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
बादललाई मेरो प्रश्न अब फेरि आन्दोलनको नाम कति नेपालीको रगत खाचो छ ? कि तपाईलाई पनि प्रचण्डको जस्तै लाजिंपट महल चैयाको छ
ReplyDeleteI want to ask Mr Ram Bahadur Thapa (Badal, what is your vision and mission for develop our country Nepal, How you make develop and peaceful country without election.
ReplyDelete