क्रिश फोमीले टुर डि फ्रान्स साइक्लिङ प्रतियोगिताको उपाधी जिते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्रिश फोमीले टुर डि फ्रान्स साइक्लिङ प्रतियोगिताको उपाधी जिते

Share This
७ साउन । ब्रिटेनका क्रिश फोमीले यो सिजनको टुर डि फ्रान्स साइक्लिङ प्रतियोगिताको उपाधी जितेका छन ।
समग्रमा अहिलेसम्म ८३ घण्टा ५६ मिनेट ४० सेकेन्डमा रेश पूरा गदै ब्रिटेनका क्रिश फोमीले १०० औ संस्करणको टुर डि फ्रान्सको उपाधी जित्न सफल भएका हुन् । फोमीले जितेको यो दोस्रो उपाधी हो । यस अघि गत वर्ष ब्राड्ली विगिन्सले यो प्रतियोगिताको उपाधी पहिलो पटक ब्रिटेनलाई दिलाएका थिए ।

फोमीले तेस्रो, १५ औ र १७ औ चरणको रेश पहिलो स्थानमा पुरा गरेका थिए । उपाधीसंगै फोमीले तिन लाख ८० हजार पाउण्ड प्राप्त गरेका छन । त्यस्तै, फोमी भन्दा मात्र ४ मिनेट २० सेकेन्ड पछि रेश पुरा गरेका कोलम्बियाका नाइरो क्विन्टाना दोस्रो भए । स्पेनी जाक्यिुम रोड्रिग्युजले तेस्रो स्थानमा चित्त बुझाएका छन ।

यता गएराती भएको भार्साइललेस देखि पेरिस क्याम्पसम्मको १ सय ३३ दशमलब ५ किलोमिटरको अन्तिम रेश जर्मनीका मार्केल किटेलले ३ घण्टा ६ मिनेट १४ सेकेन्डमा पुरा गदै पहिलो स्थान प्राप्त गरे । जर्मनी कै आन्द्रे ग्रेपिलले दोस्रो तथा ब्रिटेनका मार्क क्याभेन्डिसले तेस्रो स्थानमा रहदै रेश पुरा गरेका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here