कोरिया जान नपाएको भन्दै भाषा परिक्षण उत्तीर्ण गरेका युवाहरुबाट वालुवाटारमा धर्ना - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कोरिया जान नपाएको भन्दै भाषा परिक्षण उत्तीर्ण गरेका युवाहरुबाट वालुवाटारमा धर्ना

Share This
७ साउन । रोजगारिका लागि दक्षिण कोरिया जान ईपीएस भाषा परिक्षा उत्तीर्ण गरि वसेका यूवाहरुले मन्त्रीपरिषद अध्यक्ष निवास वालुवाटार अगाडी धर्ना दिएका छन् ।


यूवाहरुले दक्षिण कोरिया जान सन् २०११ मा भाषा परिक्षा उर्तिण गरेको भए पनि रोजगारीमा जान नपाएको भन्दै मन्त्रीपरिषद अध्यक्ष निवास अगाडि धर्ना दिएका हुन । धर्नाका सहभागी यूवाले दक्षिण कोरिया सरकारले आफुहरुलाई नलैजाने नियतले नयाँ भाषा परिक्षाको फारम खोल्न लागेको भन्दै त्यसको विरोध समेत गरे ।

बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्ष्ँिण कोरिया जान सन् २०११ मा करिव १५ हजार नेपाली कामदार उर्तिण भएका थिए । त्यसमा ६ हजार ५ सय नेपाली कामदार अझै कोरिया जान वाँकी छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here