व्यवस्थापनको उदासीनता र आर्थिक अभावमा पुस्तकालयको अवस्था दयनीय - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

व्यवस्थापनको उदासीनता र आर्थिक अभावमा पुस्तकालयको अवस्था दयनीय

Share This
कृष्ण ओली
२७ असार । बाजुरा जिल्लाको कोल्टीमा रहेको सामुदायिक श्रोत पुस्तकालय आर्थिक अभावका कारण ओझेलमा पर्दै गएको छ ।
विभिन्न क्षेत्रसँग सम्बन्धीत पुस्तकहरु सहज रुपमा उपलब्ध गराई जिल्लाबासीलाई ज्ञान सीप र क्षमताको विकास गर्ने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको भए पनि व्यवस्थापनको उदासीनता र आर्थिक अभावमा ओझेल परेको छ । पुस्तकालयमा आर्थिक अभावको कारण भन्दा पनि उचित व्यवस्थापनको अभाव बढी रहेको स्थानीय जानकार बताउँछन् । व्यवस्थापन समितिको कमजोरीका कारण पुस्तकालय करीब बन्द जस्तै भएको स्थानीयबासीको गुनासो पनि छ ।

२०६२ सालमा रेड नेपालको आर्थिक सहयोग र मानव संसाधन केन्द्र एचआरसी बाजुराको पहलमा पुस्तकालयको स्थापना गरिएको हो । पुस्तकालयमा हाल चार हजार दुई सय बढी विभिन्न क्षेत्रसँग सम्बन्धीत पुस्तकहरु रहेका छन् । पुस्तकालयसँग रहेको १२ कोठे भवन मध्ये चार कोठा व्यापारीलाई भाडामा दिएको भएपनि अन्य कोठाहरु भने प्रयोग विहिन जस्तै बनेका छन् ।

पुस्तकालय स्थापनाको १० वर्ष पुरा भइसक्दा पनि न त औपचारिक रुपमा उद्घाटन भएको छ त व्यापारीबाट आएको भाडाको प्रष्ट हरहिसाव । यता समितिका व्यक्तिहरुले भने भाडाबाट आएको पैसा फर्निचरमा खर्च भन्दै आलटाल गर्नछन् । दैनिक ५० देखि ६० जना विद्यार्थीहरु आएर किताब पढ्ने गरेका भएपनि कर्मचारीलाई तलब दिन नसक्दा पुस्तकालय सञ्चालन गर्न समस्या भएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष जयलाल कार्कीले बताउनुभयो ।

विगत तीन वर्ष देखि सामान्य रकम दिएर स्थानीय जनम धामीलाई कर्मचारीका रुपमा राखिएको थियो । तर आर्थिक अभावको कारण देखाउँदै समितिले रकम नदिएपछि धामीले पनि नियमित पुस्तकालय खोल्न छोडेका छन् ।

समितिले भने पुस्तकालयलाई जिल्लाकै श्रोत पुस्तकालयका रुपमा विकास गरी आवश्यक व्यवस्थापनका लागि जिल्ला शिक्षा कार्यालयले पहल गर्नु पर्ने पटक–पटक माग गर्दै आएको छ ।

सामाजिक रुपान्तरण र शैक्षिक जागरणका लागि पवित्र सोच लिएर पुस्तकालय स्थापना गरिए पनि उचित व्यवस्थापन र आवश्यक परामर्श र समन्वय विना पुस्तकालयको महत्व घट्न थालेको स्थानीय अगुवा जनक विष्टले बताउभयो । पुस्तकालयले स्थापनाको लामा अवधिसम्म कुनै गुणस्तरीय कार्य नसक्दा पुस्तकालय केवल भवन र नाममा मात्र सिमीत बनेको छ । समितिमा रामलाल कार्की, जनेश भण्डारी, अनोजराज गिरी, रविन्द्र शाही लगाएका व्यक्तिहरु रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here