मुर्सी समर्थकबाट इजिप्टमा प्रदर्शन, प्रदर्शनमा १५ जना मारिए

२२ असार । इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थक र विपक्षीबीचको पछिल्लो झडपमा १५ जना मारिएका छन् ।

अपदस्थ राष्ट्रपति मुर्सीका समर्थकहरुले सडकमा प्रदर्शन थालेपछि सेनाले पनि कारबाही थालेको हो । सेनाले हानेको गोली लागि अलेक्जेण्ड्रियामा १२ र राजधानी कायरोमा तीन जना मारिएका हुन् ।
३ सय १८ भन्दा बढी घाईते भएको आपतकालीन सेवाका प्रमुखले जनाएका छन् ।

मुलुकका अरु शहरमा पनि झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
ेकायरोमा सेनाको गोली लागि मुर्सीका तीन समर्थक मारिएपछि थप हिंसा भड्किएको समाचारमा जनाइएको छ ।

इजिप्टमा गत बुधकार सेनाले कु गरि पहिलो जननिर्वाचित राष्ट्रपति मुर्सीलाई अपदस्थ गरि संवैधानिक अदालतका प्रमुख अद्ली महमुद मन्सुरलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेको थियो ।
सैन्य कु को विरोधमा रहेका मुर्सी समर्थकहरुले जनतालाई गोलीको निशाना नबनाउन चेतावनी दिएका छन् । मुर्सी र उनको मुश्लिम ब्रदरहुडका उच्च नेताहरु अहिले नजरबन्दमा छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...