२४ असार । विश्व नम्बर दुई बेलायती एन्डी मुर्रेले यो सिजनको दोस्रो ग्राण्ड स्लाम विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । सेन्टर कोर्टमा गएराति भएको पुरुष एकलतर्फको फाइनल खेलमा मुर्रेले विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिचलाई तिन—सुन्यको सोझो सेटमा पराजित गरेका हुन् ।
खेलको पहिलो सेट ६–४ ले जितेका मुर्रेलाई दोस्रो सेटमा भने जोकोभिचले कडा टक्कर दिएका थिए । दोस्रो सेट ७–५ ले आफ्नो पक्षमा पारेको मुर्रेले तेस्रो सेट ६—४ ले जितेका थिए । मुर्रे ७७ वर्षपछि विम्बल्डनको उपाधी जित्ने पहिलो बेलायती खेलाडी बनेका छन् । यसअघि सन १९३६ मा बेलायती फ्रेड पेरीले जर्मनीका गोट फ्राइडलाई हराउँदै विम्बल्डनको उपाधि जितेका थिए ।
मुर्रे र जोकोभिचको फाइनल खेल हेर्न बेलायती प्रधानमन्त्री डेविड क्यामरुन पनि सेन्टर कोर्ट पुगेका थिए । यसअघि भएको सेमिफाइनल खेलमा मुर्रेले पोल्याण्डका जर्जी जानोविचलाई तथा जोकोभिचले अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment