बहिराहरुलाई अध्ययन व्यवस्था मिलाउन माग - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बहिराहरुलाई अध्ययन व्यवस्था मिलाउन माग

Share This
१७ असार । दाङका बहिराहरूले कक्षा १० सम्म सांकेतिक पढाईको व्यवस्था गर्न माग गरेका छन् ।
तुलसीपुरमा सोमबार दुईदिने सांकेतिक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रममा उनीहरूले यस्तो माग राखेका हुन् । हाल जिल्लामा कक्षा ८ सम्म मात्र सांकेतिक पढाई हुने गरेको छ ।

आठ कक्षासम्मको पढाईमा पनि विषय शिक्षक नहुँदा पनि समस्या हुने गरेको उनीहरूको गुनासो छ । कार्यक्रममा राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले हालसम्म दाङमा आफू समेत गरी तीन जनाले मात्र एसएलसी परीक्षा उत्र्तीण बताउनुभयो । दाङमा बहिराको संख्या करिब ६ हजार छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here