बन्धक महिलाको प्रहरीबाट उद्धार - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बन्धक महिलाको प्रहरीबाट उद्धार

Share This
१ साउन । प्रहरीले बन्धक अवस्थामा रहेकी एक महिलालाई मंगलबार बिहान मुक्त गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरेको छ ।

बोरिया गाविस–५ का सूर्यनारायण यादवले आफ्नो घरको खाँबोमा डोरीले बाँधेर भाइबुहारी २७ वर्षीया मन्जुलाई निर्घात कुटेको देखेपछि छिमेकीले प्रहरी र पीडितको माइतमा खबर गरेका थिए । पीडित महिलाको शरीरभर निलडाम र चोट लागेको छ ।

प्रहरीले बोरिया गाविसस्थित नरेन्द्र उच्च माविका कार्यालय सहायक अभियुक्त सूर्यनारायण र अनितालाई गिरफ्तार गरे पनि दबाबका कारण कारबाही नगरी रिहा गरेको छ ।
लामो समयदेखि अंशसम्बन्धी विवाद चल्दैआएकाले जेठाजुले निहुँ खोजीखोजी कुटपिट गर्दैआएको पीडितका पिता प्रसवनी गाविस–४ का जहिन्द्रप्रसादले बताउनुभयो ।

एउटा काखे छोरी र हिँडडुल गर्न नसक्ने पति भएकाले जेठाजुले बारम्बार कुटपिट गरिरहने पीडित महिलाले बताइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here