अर्घाखाचीका महिला बन संरक्षण्मा जुटे

३ साउन । अर्घाखाँचीको सिमलपानीका महिलाहरू वन संरक्षणमा जुटेका छन् ।

गाउका अधिकांश पुरूषहरू रोजगारीको लागि वैदेशिक रोजगार र अन्य काममा व्यस्त रहेका कारण महिलाहरू वनसंरक्षणमा जुटेका हुन् । महिलाहरूले वन संरक्षणमा चासो राख्न थालेपछि वनमा हुने चोरी निकासी समेत नियन्त्रण हुन थालेको छ ।

महिलाहरूले वन विनाश भएका पाखाहरूमा फलफूल र डाले घाँसको खेती गरेर आम्दानी गर्ने अभियान पनि चलाएका छन् ।

बकुलियती बनाइएको वनमा महिलाहरुले आँप, लिची, कटहर, लप्सी, अम्बा, नास्पाती लगायतका फलफूल र डालेघासका बिरूवाहरू लगाएका छन् । सिमलपानीका महिलाहरुको अभियानमा जिल्ला वन कार्यालयले सहयोग गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...