बाढीपीडितका लागि राहत व्यवस्था गर्न नसकेको पीडितको गुनासो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाढीपीडितका लागि राहत व्यवस्था गर्न नसकेको पीडितको गुनासो

Share This
५ साउन । कैलालीका बाढीपीडितहरूले सरकारले राहतको प्रयाप्त व्यवस्था गर्न नसकेको गुनासो गरेका छन् ।
राहतका लागि रेडक्रस कार्यालय पुगेका बाढीपीडितहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरू हाल विभिन्न सरकारी कार्यालय, विद्यालय भवन, आफन्तको घरमा बस्दै आएका छन् । उनीहरूमध्ये धेरैजसोले शुक्रबार विहानदेखि खाना खाएका छैनन् । रेडक्रस कार्यालयले बाढी पीडितलाई चाउचाउ र चिउरा वितरण गरिरहेको छ । बालबच्चा बोकेर रेडक्रस कार्यालय पुगेका उनीहरूले घरमा भएको सबै खाद्यान्न बगेको बताए । बाढीपीडित महिलाले बालबच्चाको भोको पेटका लागि भएपनि राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।

धनगढी नगर क्षेत्रमा बाढीको सतह घटेपनि घरमा पानी पसेका कारण पीडितहरू घर फर्किन सक्ने सम्भावना छैन । खाद्यान्न मात्रै नभई लुगाकपडा, भाँडाकुँडा समेत बाढीले बगाएको छ । कैलालीका अन्य क्षेत्रमा समेत बाढी पीडितहरूले भोकभोकै रात बिताएका छन् । कैलालीको पहलवानपुर गाविसमा भने बाढी पीडितलाई स्थानीयस्तरमा गठन भएको दैवी प्रकोप उद्धार समितिले खानाको व्यवस्था गरेको छ ।

कैलालीमा झण्डै डेढ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित बनेका छन् । रेडक्रस कैलालीले बाढीका कारण २ सय ७८ घरपरिवार बढि प्रभावित रहेको जनाएको छ । मोहना नदीका कारण कैलालीको लालबोझी र हसुलीया गाविसमा शनिबार पनि केही घरपरिवार विस्थापित भएको रेडक्रस कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here