‘गुण्डा नाइके’ चरीमाथि गोली प्रहार

२२ असार । चरी नामबाट चिनिने ‘गुण्डा नाइके’ दिनेश अधिकारीलाई गए राति काठमाडौंको सतुंगलमा गोली प्रहार गरिएको छ ।


गोली लागी घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी धादिङमा एमालेको कार्यक्रमबाट फर्कदै गर्दा अधिकारीलाई नौं बजे मोटरसाइकलमा आएका १५–२० जनाको समूहले गोली हानेका थिए । उनीमाथि चार–पाँच राउण्ड गोली हानेपनि उनको देब्रे पाखुरामा एक गोली लागेको थियो ।
गोली लागी घाइते भएका अधिकारीको स्वास्थ्य अवस्था घतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...