उपचारका क्रममा विरामीको मृत्यु भएपछि आफन्तबाट अस्पताल तोडफोड - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

उपचारका क्रममा विरामीको मृत्यु भएपछि आफन्तबाट अस्पताल तोडफोड

Share This
भावना शर्मा ।
५ साउन । उपचारको क्रममा बिरामीको मृत्य भएपछि आफन्तले विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड गरेका छन् ।
मोरङको कर्सिया गाबिस ललियाका ३२ बर्षीय जगत साहको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै अस्पताल तोडफोड गरेका हुन् ।

उनीहरूले पेट दुखेर अस्पताल भर्ना भएका साहको उपचारमा लापरवाही गर्ने डाक्टर अमिर अफाकलाई कारवाही गर्न पनि माग गरेका थिए । पछि साहको परिवारको भरणपोषण, शिक्षा, स्वास्थ्य उपचारको जिम्मा अस्पतालले लिने र ५लाख क्षतिपूर्ति दिने सहमति भएपछि मृतकको शव उठाइएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here