खुर्सिदलाई भेट्न ‘प्रचण्ड’ स्वदेश फिर्ता

२५ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता हुनुभएको छ । प्रचण्ड मंगलबार मध्याह्न १२ बजे स्वदेश फर्किएका हुन् ।

नियमित कार्यतालिका अनुसार बुधवार काठमाडौं आउने प्रचण्डको कार्यतकालिका भएपनि भारतीय बिदेशमन्त्री सलमान खुर्सिदले काठमाडौं बसाई छोट्याएसँगै प्रचण्ड पनि अकास्मात काठमाडौं आइपुग्नुभएको हो ।

तर, प्रचण्डले बिमानस्थलमा आफू कसैलाई भेट्नका लागि हतारहतार नआएको प्रतिक्रिया दिएका छन् । बिमानस्थलमा उनले सञ्चारकर्मीलाई आफ्नो निममित तालिका अनुसार नै स्वदेश फर्किएको बताएका छन् ।

पत्नी ‘सीता’को उपचारका लागि भन्दै प्रचण्ड अचानक आइतबार सिङगापुर प्रस्थान गर्नुभएको थियो । उनी खुर्सिदले होटल द्धारिकामा राजनीतिक दलका नेतासँग भेटका लागि तय भएको बैठकमासमेत सहभागी भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...