डेभिड भिल्ला एथ्लेटिको म्याड्रिडमा आवद्ध

२५ असार । स्पेनिस क्लब बासिर्लोनाका स्ट्राइकर डेभिड भिल्ला एथ्लेटिको म्याड्रिडमा आवद्ध भएका छन् ।

स्ट्राइकर भिल्लालाई इंग्लिस क्लब आर्सनल र टोटनह्यामले पनि भित्राउन इच्छा देखाएका थिए । बार्सिलोनाले भिल्लालाई ५ दशमलब १ मिलियन युरोमा एथलेटिको म्याड्रिड पठाउने सहमती भएको हो । सन् २०१० मा भ्यालेन्सियाबाट बासिर्लोनामा आबद्ध भएका भिल्लाले १ सय १९ खेलबाट ४८ गोल गरेका छन् ।

भिल्लाले टिमका लागी अहिलेसम्म ९२ खेलबाट ५६ गोल गरेका छन् । उनी स्पेनका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता समेत हुन् । भिल्लाले अब एथ्लेटिको म्याड्रिडबाट पहिलो खेल आगामी महिना स्पेनिस सुपर कपमा बासिर्लोना विरुद्ध खेल्नेछन् । गत सिजनको स्पेनिस लिग ला लिगा फुटबलको तेस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले गत सिजन स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...