हरित सुदूरपश्चिम अभियान अन्तर्गत ७० हजार विरुवा रोपिए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

हरित सुदूरपश्चिम अभियान अन्तर्गत ७० हजार विरुवा रोपिए

Share This
२१ असार । हरित सुदूरपश्चिम अभियान अन्र्तगत अहिलेसम्म ७० हजार विरुवा रोपिएको छ ।
डोटीका अमरबहादुर शाहीले यो अभियान चार बर्ष अघि सुरु गर्नुभएको हो । हरित सुदूरपश्चिम अभियान अन्र्तगत शाहीको एक्लो प्रयासमा हालसम्म कैलाली, कञ्चनपुर र डोटीमा ७० हजार बिरुवा रोपिएका हुन् ।

यो वर्ष थप ३० हजार बिरुवा रोपेर अभियान अन्र्तगत १ लाख बिरुवा रोप्ने योजना रहेको शाहीले बताउनुभयो । चौथो वर्षको वृक्षारोपण कार्यक्रम शुक्रबार कैलालीको मालाखेती गाविसस्थित दुर्गालक्ष्मी महिला सामुदायिक वन क्षेत्रमा सुरु भएको छ ।

शाहीले आफ्नै लगानीमा वृक्षारोपण मात्रै नगरी त्यसको संरक्षणका लागि सामुदायिक वनलाई आर्थिक सहयोग समेत गर्ने गर्दै आएनुभएको छ । आगामी वर्ष हरित सुदूरपश्चिम अभियान नौ वटै जिल्लामा पु¥याउने लक्ष्य राखेको शाहीले बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here