काठमाडौँ, २३ असार । नेकोस दोस्रो राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थले हात पारेका छन् ।
सर्वाधिक नगद पुरस्कार राशि रहेको प्रतियोगिताको दशौं तथा अन्तिम चरणमा सोही कलेजका क्यान्डिडेट मास्टर रुपेश जयसवालसँग पराजित भएपनि समग्रमा ८ दशमलब ५ अंक हासिल गर्न सफल मदनले शीर्ष स्थानमा रहँदै ५० हजार रुपैयाँसमेत जितेका छन् ।
उपाधि होडमा रहेका पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्य गजुरमुखी चेस क्लबका कृष्ण थापासँग हार्न पुगेपछि मदनलाई उपाधि सुनिश्चित भएको हो । कृष्ण ८ अंकका साथ दोस्रो हुँदै ३० हजार रुपैयाँ जित्न सफल भएका छन् ।
समान ८ अंक भए पनि एसबी प्वाईन्ट टाईब्रेकका आधारमा पछि पदैं रुपेश जयसवाल तेस्रो भएका छन् । रुपेशले १८ हजार रुपैयाँ जिते ।
अन्तिम चरणमा पूर्व नेपाल च्यापियन सुरवीर लामासँग बराबरीको नतिजा हात पारेका फिडेमास्टर विलमलाल श्रेष्ठ चौथो स्थानमा रहे ।
महिलातर्फ काठमाडौंकी विनिता कपाली पहिलो तथा गोल्डेनगेट कलेजकी पूर्णिमा जयसवाल दोस्रो भईन् । कलेजतर्फ गोल्डेनगेटकै नविन जयसवाल उत्कृष्ट रहे ।
प्रतियोगिताको आकर्षणको रुपमा १४ वटै अञ्चलका उत्कृष्ट खेलाडी छानिएको थियो ।
राष्ट्रिय बुद्धिचाल संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा एक सय १२ खेलाडीको सहभागिता रहेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment