निर्वाचन आचार सिंहताको अन्तिम मस्यौदा तयारीमा निर्वाचन आयोग

२१ असार । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७० को अन्तिम मस्यौदा निर्माणको तयारी थालेको छ ।

आयोगले निर्वाचन आचार संहिताका विषयमा सरोकारवालासँगको अन्तिम छलफल नागरिक समाजका प्रतिनिधिसँग गरी अन्तिम मस्यौदाको तयारी थालेको हो । आयोगले नागरिक समाजका प्रतिनिधिसँग राखेको छलफलमा पूर्व आयुक्तहरुले चुनावको ग्यारेण्टी हुने वातावरण निर्माणमा लाग्न, त्यसपछि निष्पक्षता कायम गर्न र चुनावको परिणाम स्वीकार्य बनाउने गृहकार्यमा लाग्न सुझाव दिए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले विगत संविधानसभामा चुनावमा क्षेत्रीयता, जातीयता लगायतका विषय घुसाउँदा समस्या देखिएको बताउनुभयो । छलफलमा अधिवक्ता चन्द्रकान्त ज्ञवालीले आचारसंहितामा विगतका कमजोरी मात्र सच्याए पर्याप्त हुने बताउनुभयो ।

छलफलका सहभागीहरुले निवर्चाचन आयोगलाई दुर्गम जिल्लामा आवतजावत अझै सहज नभएको भन्दै हेलिकोप्टर प्रयोगमा प्रतिबन्ध राख्नुको औचित्य सोधेका थिए । राष्ट्रिय विकास परिषद् सदस्य मञ्चला झाले नवलपरासीको गैडाकोटका महिला विगत संविधानसभामा १४ जना मात्र सहभागी भएको भन्दै त्यस्त ठाउँमा ध्यान दिन आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...