२० औं चरणको रेशमा नाइरो क्विन्टा पहिलो स्थानमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

२० औं चरणको रेशमा नाइरो क्विन्टा पहिलो स्थानमा

Share This
६ साउन । कोलम्बियाका नाइरो क्विन्टानाले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत २० औ चरणको रेश पहिलो स्थानमा पूरा गरेका छन् ।
गएराति भएको एन्सीदेखि सेमनोजसम्मको १ सय २५ किलोमिटरको २० औ चरणको रेश कोलम्बियाका नाइरो क्विन्टानाले ३ घण्टा ३९ मिनेट शून्य–चार सेकेन्डमा पूरा गर्दै पहिलो स्थानमा रहन सफल भएका हुन् । त्यस्तै, क्विन्टाना भन्दा मात्र १८ सेकेन्ड पछाडि रेश पूरा गरेका स्पेनी जाक्यिुम रोड्रिग्युज दोस्रो स्थानमा छन् । समग्रमा अहिलेसम्म ८० घण्टा ४९ मिनेट तीन–तीन सेकेन्डमा रेश पूरा गर्दै ग्रेट ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन । कोलम्बियाका क्विन्टाना दोस्रो तथा स्पेनी रोड्रिग्युज तेस्रो स्थानमा छन् । प्रतियोगिताअन्तर्गत आइतबार भार्साइललेस देखि पेरिस क्याम्पसम्मको १ सय ३३ दशमलव ५ किलोमिटरको अन्तिम रेश सन्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here