म्याग्दीमा आलु उत्पादनमा गिरावट

२७ असार । गत वर्षको तुलनामा म्याग्दीमा यो बर्ष आलु उत्पादनमा गिरावट आएको छ ।

बर्खे आलु खेती हुने पकेट क्षेत्रहरुमा गत बर्षको तुलनामा पचास प्रतिशत आलु उत्पादन घटेको कृषकहरुले बताएका छन् ।

आलुको दाना लाग्ने समयमा अत्याधिक बर्षा भएका कारण उत्पादन घटेको जिल्लाको चिमखोलाका कृषकले बताएका छन् । कृषकका अनुसार चिमखोलाको फुर्सिङ, टिल्पि, नार्का, हिले बादरे, कुना पखेर, अर्जुक लगायतका ठाउँमा लगाईएको आलु खेतीमा गतबर्षको तुलनामा आधा उत्पादन गिरावट आएको छ ।

गत बर्ष ८ मुरी आलु उत्पादन गरेका पुनले यो बर्ष ३ मुरी मात्रै उत्पादन भएको बताउनुभयो । जिल्लाको उपल्लो भेगमा गरिएको आलु खेती असार पहिलो सातादेखी साउनको अन्तीम सम्ममा घरमा भित्राउने गर्छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...