फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रहः प्रकाशमान सिंह

२२ असार । नेपाली कांगे्रसका महामन्त्री प्रकाशमान सिंहले फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन बाँकी सबैलाई तत्काल नाम दर्ता गराउन आग्रह गर्नुभएको छ ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा महामन्त्री सिंहले निर्वाचन आयोगले तोकेको म्याद असार मसान्तमा सकिने भएको हुँदा छुटेका सबैलाई नाम दर्ता गराउन आग्रह गर्नुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जनताले चाहेको संविधान निर्माणका लागि सबैलाई मिलेर चुनावको वातावरण बनाउन आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...