मकवानपुरमा सडक दुर्घटनामा २ जनाको मृत्यु

२४ असार । मकवानपुरमा भएका दुई फरक दुर्घटनामा सोमबार दुईजनाको ज्यान गएको छ ।

दुईजना घाइते भएका छन् । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना२ख १६४७ नम्बरको सिटि राईड बस पल्टदा हेटौँडा–९ का ४० बर्षिय गणेश विष्टको ज्यान गएको हो । हेटौडा–९ स्थित राजमार्ग छेउमा बस पल्टिदा बसमा सवार विष्ट, छतिवन–९ का २३ बर्षिय सुरज लामा र चालक हेटौँडा–९ का ४५ बर्षिय मधुसुदन केसी घाइते भएका थिए । घाइते मध्ये विष्टको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी छतिवनमा बकैया खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका छतिवन–४ का ५२ बर्षिय टेकबहादुर गोले मृत फेला परेका छन् । हिजो साँझ बेपत्ता गोलेलाई सोमबार बाराको निजगढमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...