सुनको मुल्य तोलामा साढे सातसयले घट्यो

२३ असार । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ७ सय ५० रुपैयाँले घटेको छ ।

सुनको भाउ आइतबार तोलामा ४८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको अन्तिम दिन शुक्रबार भाउ घटेर सुन ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...