नुवाकोटका अधिकांश पसल मापदण्ड विपरित संचालित

२५ असार । नुवाकोट जिल्लाको बजार क्षेत्रका अधिकांश पसलहरु मापदण्ड विपरित सञ्चालन हुँदै आएको पाइएको छ ।

बाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनबाट जिल्लाका सबैजसो पसलहरुले न्युनतम शर्तसमेत पालना नगरेको पाइएको हो । अनुगमनको क्रममा किराना पसल, पानी उत्पादन कम्पनी, मिठाई पसल तथा मासु पसलहरुले कम्पनीको कार्यालयमा पसल दर्ता नगरेको, मूल्यसूचि नराखेको, म्याद नाघेको खाद्यान्न बेच्दै आएको पाइएको छ । अनुगमन टोलीले कानुन विपरित सञ्चालनमा रहेका पसलहरुलाई एक साताको समय दिएर सच्चिन निर्देशन दिएको छ ।

नुवाकोटमा यसअघि गएको कार्तिकमा बाणिज्य विभागले बजार अनुगमन गरेको थियो । कार्तिकमा गरेको अनुगमनमा सचेत गराइएको पसलहरुबाट यस पटकपनि म्याद गुज्रिएका सामानहरु पाइए पनि विभागले सचेत मात्र गराएको छ । अनुगमन टोलीले जिल्लाको सुगमस्थलहरुमा अनुगमन गरेपनि दुर्गमका पसलहरुमा म्याद सकिएका अखाद्य बस्तु बिक्रि हुदै आएको, तोकिएभन्दा बढी शुल्क लिइरहेको गुनासो आएपनि अनुगमनमा हुन सकेको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...