गुप्तचरको लापरवाहीले लादेन १० बर्ष पाकिस्तान बसेको रहस्य खुल्यो

२५ असार । गुप्तचर एजेन्सीको लापरवाहीका कारण अलकायदाका पूर्वप्रमुख ओसामा विन लादेन १० बर्षसम्म पाकिस्तानमा बस्न सफल भएको खुलासा भएको छ ।

हालै अलजजिरा टेलिभिजनबाट सार्वजनिक पाकिस्तानको एक गोप्य सरकारी प्रतिवेदनमा गुप्तचर एजेन्सीको कम्जोरी रहेको स्विकार गरिएको हो । आफ्नो भुमीमा लादेन विरुद्धको कारबाहीलाई हत्याको संज्ञा दिँदै यसको आदेश अमेरिकी राष्ट्रपतिले दिएको आरोप समेत प्रतिबेदनमा उल्लेख छ । अमेरिकी नेभीबाट लादेनको हत्या हुनु पाकिस्तानकालागि सन् १९७१ मा पुर्वी पाकिस्तान टुक्रिए यताकै सबैभन्दा ठुलो अपमान भएको, अलजजिराले सार्वजनिक गरेको गोप्य प्रतिवेदनमा उल्लेख छ ।

लादेन बिरुद्धको अमेरिकी कारबाही पछि पाकिस्तानी संसदले सरकारी लापरवाही वा अलकायदासँगको साँठगाँठ भएको सत्यतथ्य पत्ता लगाउन गठित शक्तिशाली अबोटाबाद छानविन समिति गठन गरेको थियो । समितिको ३ सय पृष्ठ लामो गोप्य प्रतिवेदनले पाकिस्तानी भुमीमा सिआईएका गतिविधी माथी निगरानी राख्न असफल भएको भन्दै गुप्तचर ऐजेन्सी आइएसआई र सरकारको आलोचना गरेको छ ।

पाकिस्तान सरकारलाई ६ महिना अघि बुझाइएको प्रतिवेदनमा लादेन बिरुद्धको अमेरिकी कारबाहीले पाकिस्तानी जनताको अपमान भएको भन्दै उल्लेख्य मौका हुँदाहुँदै पनि त्यसलाई टाल्न सरकार असफल भएको उल्लेख छ । सन् २०११ मा अमेरिकी विषेश सैन्य बल नेभी सिल्सको कारबाहीमा पाकिस्तानको अबोटाबाद स्थित एक घरमा अलकायदाका तत्कालिन नाइके ओसामाबिन लादेनको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...