खुर्सीदसँगको सामूहिक भेटमा के-के भयो त ?

२५ असार । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सीदले प्रमुख तीन दललाई छुट्टाछुट्टै र मधेसीदलहरुसँग सामूहिक भेट गर्नुभएको छ ।

काठमाडौंको एक होटलमा एकीकृत माओवादी, कांग्रेस र एमालेसँग छुट्टाछुट्टै भेट गरेका खुर्सीदले मधेसका फरक फरक कित्तामा रहेका दललाई सामूहिक रूपमा भेट्नु भएको हो । करिव आधा घण्टाका दरले गरेको भेटवार्ता पछि प्रमुख दलका नेताहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भारत नेपालमा जुनसुकै मूल्यमा पनि चुनाव हुनुपर्ने पक्षमा रहेका बताउनुभयो ।

छलफल पछि नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौंलाले त भारतले मात्र नेपालमा स्थायित्व दिनसक्ने बताउनुभयो । उहाँले भारत सरकार नेपालमा निर्वाचन र लोकतन्त्रका पक्षमा रहेको पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

एकीकृत माओवादीका नेता राम कार्कीले भारतले नेपालका राजनीतिक दलले जुन समयमा र जसरी चाहनछन् त्यसरी नै सहयोग गर्न भारत सरकार तयार रहेको बताउनुभयो ।

भेटमा एकीकृत माओवादीबाट अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित नौ जना तथा कांग्रेसबाट सभापतिबाहेक सबै पदाधिकारीसहित ११ जना सहभागी थिए । नेकपा एमालेबाट भने अध्यक्ष झलनाथ खनाल स्थायी समिति सदस्य भरतमोहन अधिकारी र नेता सुरेन्द्र पाण्डेको मात्र सहभागिता थियो । खर्शीदले मधेसी दलका उपेन्द्र यादव र सरत्सिंह भण्डारीसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध महन्थ ठाकुर र विजय गच्छदारसँग पनि एकैसाथ भेट गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...