५ साउन । अन्डर सिक्सटिन् साफ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई सात–शुन्य गोलअन्तरले पराजित गरेको छ ।
दशरथ रंगशालामा शनिवार भएको उद्घाटन खेलमा भुटानमाथी सानदार जीत दिलाउने क्रममा नेपालका लागी बिमल घर्तीमगरले चार गोल गरे । त्यस्तै, नेपालका लागी कप्तान हेमन्त थापा मगरले दुई तथा दोस्रो हाफमा मैदान प्रबेश गरेका शिव लिम्बुले एक गोल गरे ।
फिनिसिङमा चुक्ने नेपाली टोलीको पुरानो गल्तिलाई सुधार्न नसक्दा पहिलो हाफको खेल गोलरहित बराबरिमा सकिएको थियो । पहिलो हाफका ४१ औ मिनेटमा नेपाली फर्वाड अन्जन बिष्टले वना भरसेस वानको मौका खरा फाले । त्यसलगतै बिमल घर्तीमगरले बललाई सहि बाटो दिन नकक्दा पहिलो हाफमा नेपाली टोलीले गोलको खाता खोल्ने मौका गुमाएको थियो । दोस्रो हाफमा सुरु भएको बर्षातसगै नेपाली टोलीले गोल गर्ने सिलसिला सुरु ग¥यो ।
दोस्रो हाफको चौथो मिनेटमा हेमन गुरुङले हेड मार्फत नेपालको लागी पहिलो गोल गरे । दोस्रो हाफको १३ औ मिनेटमा कप्तान हेमन्त थापा मगरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारे । बिकाश थापाको पासमा १६ औ मिनेटमा तथा १७ मिनेटमा भुटानी डिफेन्डरको गल्तिको फाइदा उठाउदै बिमल घर्तीले गोल गरे र आफ्नो ह्याट्रिक पुरा गरे । त्यसपछि कप्तान हेमन्त थापा मगरले नेपालको लागी पाचौ गोल थपे ।
नेपालको लागी छैटौ गोल भने शिब सुबेदीले गरे । बिमल घर्तीमगरले सातौ गोल गरेसगै नेपालले समुह चरणको पहिलो खेलमा सात–शुन्यको सानदार नतिजा निकाल्यो । अब नेपालले समुह चरणको दोस्रो खेलमा सोमबार अफ्गानिस्तानको सामना गर्नेछ । त्यस्तै, लगनखेल स्थीत नेपाली सेनाको मौदानमा शनिबारनै भएको अर्काे खेलमा पाकिस्तानले अफ्गानिस्तानलाई आठ–शुन्य गोल अन्तरले पराजित गरेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment