
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आइतबार हुने अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि जित्नै पर्ने दबाब छ । पहिलो खेलमा अप्mगानिस्तानलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भने श्रीलंकासँग पराजित भएको थियो ।
यसअघि नै फाइनलमा प्रवेश गरिसकेको श्रीलंकाले आइतबार अफगानिस्तानको सामना गर्नेछ । अहिलेसम्म ६ अंक बनाएको श्रीलंका पहिलो स्थानमा छ । ३ अंक बनाएको माल्दिभ्स दोस्रो तथा २ अंक बनाएको नेपाल तेस्रो स्थानमा छ । अफगानिस्तान १ अंकका साथ अन्तिम स्थानमा छ ।
No comments:
Post a Comment