इडवार्ड स्नोडेनका कारण शक्ति मुलुकबीच कुटनीतिक तनाव

१९ असार । अमेरिकी सरकारका गोप्य निगरानी कार्यक्रम सार्वजसनिक गरी हङकङ हुँदै रसिया उडेका इडवार्ड स्नोडेनका कारण शक्ति मुलुकबीच कुटनैतिक तनाव जारी छ । हालै, मस्कोबाट बोलिभियाका लागि उडेको बोलिभियन राष्ट्रपति सवार विमानलाई फ्रान्स र स्पेनले आफ्नो हवाई क्षेत्रमा प्रवेश दिएनन् । स्नोडेन रहेकै आशंकामा विमान रोकिएपछि अर्को कुटनीतिक विवाद थपिएको छ ।

फ्रान्स र स्पेनले बोलिभियन राष्ट्रपति इभो मोरालेस चढेको विमानमा इडवार्ड स्नोडेन समेत भएको आशंकामा हवाई मार्ग निषेध गरे । यसरी मार्ग रोकिएपछि विमानलाई अष्ट्रियामा आकस्मीक अवतरण गर्नुप¥यो ।

तर विमानमा स्नोडेन थिएनन् । स्नोडेन रहेको आशंकाका भरमा राष्ट्रपतिको उडान प्रभावित पारिएको भन्दै आक्रोसित बोलिभिया सरकाले उचित जवाफ माग गरिसकेको छ । सिआईएका पुर्व पूर्वसूचना प्राविधिक स्नोडेन यतिबेला रसियाको राजधानी मस्कोस्थित विमानस्थलको होटलमा बसिरहेको बताइन्छ । अमेरिका सरकारले स्नोडेनलाई पक्राउ गरी सुपुर्द गर्न रसियालाई आग्रह गर्दै आएको छ । तर रसियाले उत्ति चासो देखाएको देखिदैंन् ।

स्नोडेनले रसियामा राजनैतिक शरणको आग्रह गरे पनि अमेरिका विरोधी कागजात सार्वनजनिक गर्न बन्द गरे मात्र शरण दिन सकिने प्रतिक्रिया रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले दिए लगत्तै स्नोडेनले आफ्नो आग्रह फिर्ता लिए । सिआईएका पुर्व प्राविधिक स्नोडेनले दर्जनौ मुलुकस“ग गरेको शरण आग्रह केही मुलुकले विचाराधिन रहेको बताए पनि केहीले सिधै अस्वीकार गरेका छन् । भारत, अष्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, नर्वे, पोल्याण्ड, स्पेन र स्वीजरल्याण्डले अस्वीकार गरे पनि बोलिभिया, इक्वेडर, चीन, क्युवा, जर्मनी, इटाली, नेदरल्याण्डस्ले विचाराधिन रहेको बताउ“दै आएका छन् ।

अमेरिकामा देशद्रोहको सहितका दर्जनौ मुद्दा सहित पक्राउपुर्जी जारी भए पनि स्नोडेन पक्राउ छल्न हर सम्भव प्रयास गरिरहेका छन् । तर उनलाई सहयोग गर्ने सम्भावित मुलुकलाई अमेरिकाको व्यापक दबाबका कारण शरण निर्णय नभएपछि स्नोडेन यतिबेला पर्ख र हेरको स्थितिमा छन् । यहि अवस्थाले अमेरिका र विभिन्न मुलुकबीच कुटनीतिक तनाव बढाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...