पाकिस्तान विरुद्धको एक दिवसीय खेलमा वेष्ट इन्डिज विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पाकिस्तान विरुद्धको एक दिवसीय खेलमा वेष्ट इन्डिज विजयी

Share This
२ साउन । पाकिस्तान विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट म्याचमा वेस्ट इन्डिज विजयी भएको छ ।
गुयनास्थित प्रोभिडेन्स स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजले पाकिस्तानलाई ३७ रनले पराजित गर्दै एक–एकको बराबरी गरेको हो ।

टस हारेर पहिले ब्याटिङ् गरेको वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेटको क्ष्ँतिमा दुई सय ३२ रनको योगफल तयार पारेको थियो । वेस्ट इन्डिजका लागि ड्यारेन ब्राभोले सर्वाधिक ५३ रन, ड्यान ब्राभोले ४३, जोनसन चार्लेसले ३१, केइरोन पोलार्डले ३० तथा मार्लोन सामुयल्सले २१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ पाकिस्तानका साईद अजमल र शाहिद अफ्रिदीले समान २–२ विकेट लिए । जवाफमा दुई सय ३३ रनको लक्ष्य पछ्याएको पाकिस्तान एक सय ९५ रनमै समेटियो । पाकिस्तानका लागि नाशिर जम्सेदले ५४ तथा उमर अकमलले ५० रनको योगदान दिए ।

पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा वेस्ट इन्डिजका सुनिल नारिनले चार तथा ड्यान ब्राभोले दुई विकेट लिएका थिए । जितपछि वेस्ट इन्डिजले पाँच एक दिवसीय खेलको श्रृंखलामा एक–एकको बराबरी गरेको छ । श्रृंखलाको तेस्रो खेल आगामी शुक्रबार सेन्ट लुसियामा हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here