२८ असार । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सभ्य समाजको निर्माणका लागि अपांगमत्री बातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
अपाङ मैत्री भौतिक संरचना निर्माण गर्न माग गर्दै अपांगता भएकाहरुले काठमाडौंमा निकालिएको ¥यालीको उद्घाटन गदै थापाले सरोकारवालाहरुमा अपांग मैत्री चिन्तनको खडेरी परेको भन्दै काठमाडौं महानगरपालिकाका सबै सार्वजनिक संरचना अपाङमैत्री बनाउनुपर्ने बताउनुभयो ।
भौतिक संरचनाहरु अपांग मैत्री बन्न नसकेको भन्दै सरकारले सार्वजनिक भौतिक संरचना अपाङमैत्री बनाउनुपर्ने अपांगता भएका व्यक्तिहरुको माग राखे । उहाँले सपांगले जत्तिकै सार्वजनिक सम्पत्तिको प्रयोग गर्ने अधिकार अपांगको पनि भएकाले सभ्य समाज बनाउन अपांगता भएकाहरुको सम्मान जरुरी रहेको प्रष्ट पार्नुभयो ।
¥यालीका क्रममा विभिन्न चोकमा कोणसभा गर्दै आफ्ना कुराबारे जानकारी गराइने अपांगता भएका व्यक्तिहरुको संस्था स्वावलम्बन जीवनपद्धती केन्द्रले जनाएको छ ।
काठमाडौंको बबरमहलबाट सुरु भएको ¥याली नयाँबानेश्वर, तीनकुने, गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै चक्रपथ परिक्रमा गरेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सभ्य समाज निर्माणका लागी अपांगमत्री बातावरण बनाउनुपर्छः गगन थापा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment