१९ असार । वेष्टइन्डिजमा जारी त्रिकोणिय क्रिकेट प्रतियोगिताको एकदीवसिय खेलमा श्रीलंका विजयी भएको छ । उसले भारतलाई १६१ रनको विशाल रनले जितेको हो । च्याम्पियन्स ट्रफी बिजेता भारतको श्रीलंकासँग यो लज्जास्पद हार हो ।
च्याम्पियन्स ट्रफी जितेपछी यो भारतको लगातार दोस्रो हार हो । यसअघि भारतलाई वेष्टईन्डिजसँग हारेको थियो । सुरुमा भारतले टस जितेर श्रीलंकालाई व्याटीङको निम्ता दिएको थियो । भारतीय कप्तान विराट कोहलीको निर्णयलाई गलत सावित गर्दै श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा १ विकेट गुमाउँदै ३४८ रनको विशाल योगफल बनाएको थियो ।
श्रीलंकाका ओपनर उपुल थरंगा र माहिले जयवर्द्धनेले पहिलो विकेटकालागि २१३ रनको साझेदारि गरेका थिए। उपुल थरंगाले आउट नभई १७४ रन बनाएका थिए भने जयवर्द्धनेले १०७ रनको योगदान गरेका थिए । त्यसैगरि कप्तान एन्जेलो म्याथ्युजले २९ बलमा ४४ रनको योगदान गरेका थिए ।
भारतकालागि रविचन्द्रन आश्विनले १ विकेट लिएका थिए । जवाफमा ब्याटिङ गर्न ओर्लेको भारत कुनै पनि समय श्रीलंकाको बलीङ आक्रमणमा सम्हालिएको स्थितीमा देखिएको थिएन।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment