अर्घाखाँचीको जिल्ला अस्पतालमा गर्भवती महिलाको शल्यक्रिया सेवा शुरु

२५ असार । जिल्ला अस्पताल अर्घखाचीले पुन गर्भवती महिलाको शल्यक्रिया सेवा शुरु गरेको छ ।

आवश्यक जनशक्ति अभाव भएको भन्दै विगत एकबर्षदेखि रोकिएको यो सेवा अस्पतालका डाक्टर नविन दर्नालले तालिम लिएपछि अप्रेशन सेवा सुचारु भएको अपस्ताल विकास समितीका अध्यक्ष भक्तबहादुर पुनले जानाकारी दिनुभयो ।

अप्रेशन सेवा सुरु सञ्चालन भएपनि जिल्लामा रगत बैंक नहुदॉ सेवा प्रभावित हुन सक्ने जिल्ला स्वास्थ्य प्रमुख डाक्टर यम बहादुर बस्नेतले बताउनुभयो । रगत बैंक स्थापनाका लागी पटक पटक आवाज उठइएपनि सुनुवाई नभएको बस्नेतले गुनासो गर्नुभयो । गर्भवति महिलाले जिल्लामै सुविधा पाएपछि सजिलो भएको उनीहरुले बताएका छन् । आर्थिक अभावका कारण्ँ उपचार गर्न नसक्ने महिलाहरुले जिल्लामा निशुल्क सेवा पाउदै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...