अनिश्चित बन्दले नुवाकोटको जनजीवन प्रभावित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अनिश्चित बन्दले नुवाकोटको जनजीवन प्रभावित

Share This
९ साउन । नुवाकोटको किम्ताङका पहिरो पीडितहरूले गरेको अनिश्चितकालीन बन्दले नुवाकोटको जनजीवन प्रभावित बनेको छ । सरकारले आफूहरूको स्थानान्तरणमा बेवास्ता गरेको भन्दै उनीहरूले नुवाकोट बन्द गराएका हुन् । बन्दका कारण नुवाकोटका साथै रसुवाको समेत जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यातायात, बजार, पसल, शैक्षिक सस्थालगायत सार्वजनिक सेवाहरू ठप्प भएका छन् । पासाङल्यामु राजमार्ग बन्द हुँदा रसुवा र नुवाकोटबाट काठमाडौ जाने गाडीहरू अलपत्र परेका छन् । पहिरो पीडितहरू नुवाकोटेका मुख्य बजारक्षेत्र त्रिशुली, ढुङ्गे, विदुर, बट्टारलगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

गाँस र बासको उचित व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने पहिरो पीडितहरूले चेतावनी दिएका छन् । पीडितहरूले यसअघि प्रमुख जिल्ला अधिकारी र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षलाई भेटेर सुरक्ष्ँित स्थानन्तरणको माग गरेपनि वेवास्ता गरिएको उनीहरूको गुनासो छ । २०२८ सालदेखि बग्दै गएको पहिरोले गाविसको ४ सय ३० भन्दा बढी परिवार जोखिममा परेको दैविक प्रकोप उद्धार समितिको प्रतिवेदनमा उल्लेख छ । पहिरोले पछिल्लो पाँच वर्षमा ८५ घर बगाइसकेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here