सरकारबाट जनकपुर चुरोट कारखाना कम्पनी लिमिटेड विघटन

२० असार । सरकारले जनकपुर चुरोट कारखाना कम्पनी लिमिटेड विघटन गरेको छ ।

सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीमा कार्यरत सबै कर्मचारीलाई पनि अवकाश दिने निर्णय गरेको हो । कम्पनीमा ७ सय ५८ कर्मचारी कार्यरत छन् ।

मन्त्रिपरिषद्को बैठकले सीप विकास परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त १ अर्ब ९० करोड अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल भारतक्षेत्रीय व्यापार परियोजनाका लागि विश्वबैंकको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ९ करोड ९० लाख सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय मुद्रा संग्रहालयको स्वर्ण जयन्तीमा ५० का दरले २ हजार थान सिक्का र रेडक्रम सोसाइटीको स्वर्ण जयन्तीमा चाँदीका सिक्का २ हजार थान टकमारी गरी सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले बलाध्यक्ष रथी नेत्रविक्रम थापालाई न्युजिल्याण्डमा हुने आर्मी चिफ सम्मेलनमा भाग लिन स्वीकृति पनि दिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...