यौन दूराचारको अभियोगमा आफैले उद्घाटन गरेको जेलमा थुनिए मन्त्री

२६ असार । एक सहयोगीलाई अप्राकृतिक यौन शोषण गरेको अभियोग लागेका भारतको मध्यप्रदेशका पूर्वअर्थमज्त्री राघवजीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय जनता पार्टी (भाजपा)का बरिष्ठ नेता समेत रहेका उनलाई भोपाल प्रहरीले कोहेफिजा क्षेत्रको राशिप्रभा अपार्टमेन्टमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको हो ।

फ्ल्याटमा बाहिरबाट ताला लगाई लुकी बसेको अवस्थामा उनलाई प्रहरीले ताला फोडेर नियन्त्रणमा लिएको हो । मोवाइल लोकेसनका आधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनलाई भोपालस्थित हबीबगन्ज प्रहरी थानामा राखिएको छ ।

रमाइलो कुरा के छ भने पक्राउ परेका मन्त्रीले नै प्रमुख अतिथि भए उक्त प्रहरी थानाको उद्घाटन गर्नुभएको थियो । संयोगले उनी आफैले उद्घाटन गरेको जेलमा थुनिएका छन् ।

पक्राउ परेका उनलाई अदालतले २२ जुलाईसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । गिरफ्तारीप्रति उनको पार्टी भाजपाले प्रहरीलाई धन्यवाद दिँदै स्वागत समेत गरेको छ । पार्टीले घटनाको छानविनमा कुनै सम्झौता नगर्न र सत्य तथ्य छानविन गर्न प्रहरीलाई आग्रह समेत गरेको छ । यसअघि पूर्वमन्त्री समेत रहेका उनलाई पार्टीले ६ बर्षका लागि निलम्वन गरिसकेको छ । घटनाका सम्वन्धमा पिडितका तर्फवाट प्रहरीमा जाहेरी दर्ता भएपछि पार्टीले उनलाई निलम्वन गरेको थियो ।

प्रहरीले उनीबिरुद्ध भारतीय दण्ड संहिता अनुसार अप्राकृतिक क्रियाकलपको अभियोगमा जाहेरी दर्ता गरेको हो । ७८ बर्षीय राघवजीले पुरुष सहयोगीलाई यौन दूराचार गरको भिडियो पार्टीकै अर्का नेताले खिचेर सार्वजनिक गरेका थिए । भिडियो तयार पारेको जिम्मेवारी लिने नेता शिवशंकर पटेरियालाई समेत पार्टीले साधारण सदस्यबाट समेत निलम्वन गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...