एक दिवसीय क्रिकेटमा इन्डिजसँग इन्डिया पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एक दिवसीय क्रिकेटमा इन्डिजसँग इन्डिया पराजित

Share This
१७ असार । घरेलु टोली वेस्ट इन्डिजले जारी त्रिकोणत्मक एक दिवसीय क्रिकेट प्रतियोगितामा भारतमातथि रोमाञ्चक जित दर्ता गरेको छ ।
गएराति सम्पन्न खेलमा इन्डिज एक विकेटले विजयी भएको हो । जारी प्रतियोगितामा इन्डिजको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा उसले श्रीलंकालाई पराजित गरेको थियो ।
खेलमा पहिले व्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर दुई सय २९ रनमात्र जोड्न सक्यो । च्याम्पियन्स ट्रफीमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेका ओपनर शिखर धवन इन्डिजबिरुद्धको खेलमा चल्न सकेनन । भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ६० र मध्यक्रमका व्याट्सम्यान सुरेश रैनाले ४४ रनको योगदान दिए । यस्तै कप्तान महेन्द्रसिंह धोनीले २७ र दिनेश कात्र्तिकले २३ रनको योगदान दिए ।

तीन सय ३० रनको लक्ष्य पछ्याएको इन्डिजले ४७ ओभर ४ बलमा लक्ष्य भेट्टाएको थियो । इन्डिजको इनिङमा जोन्सन चाल्र्सले सर्वाधिक ९७ रनको योगदना दिए र यस्तै डारेन ब्राभोले ५५ र डारेन साम्मीले २९ रनको योगदान दिए ।

बलिङतर्फ इन्डिजका डारेन साम्मी, केमर रोच र टिनो बेस्टले दुई–दुई विकेट हात पारे । यस्तै भारतका लागि उमेश यादवले तीन तथा इसान्त शर्मा र रविचन्द्र आश्विनले दुई–दुई विकेट हात पारे ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here