इजिप्टका राष्ट्रपति मुर्सीको राजीनामाका लागि विपक्षी समुहको अल्टिमेटम

१७ असार । इजिप्टको एक विपक्षी समूहले राष्ट्रपति मोहम्मद मुर्सीलाई राजीनामा दिन मंगलबारसम्मको अल्टिमेटम दिएको छ ।

सरकारविरुद्ध प्रदर्शन गर्दै आएको विपक्षी समूह तामारुदले मुर्सीले राजीनामा नदिए व्यापक जनअवज्ञा गर्ने चेतावनीसमेत दिएको छ । विपक्षी समूह तामारुदले मुर्सीको राजीनामा माग गर्दै दुई करोडभन्दा बढी हस्ताक्षर संकलन गरेको दाबीसमेत गरेको छ । यसैबीच, राष्ट्रपति मुर्सीको राजीनामा माग गर्दै हजारौं मानिसले प्रदर्शन गरेका छन् ।

राजनीतिक र आर्थिक प्रतिबद्धता पूरा नगरेको तथा अरब विद्रोहलाई धोका दिएको आरोप लगाउँदै विपक्षीले राष्ट्रपति मुर्सीविरुद्ध प्रदर्शन गरेका हुन् । मुर्सीले पदभार ग्रहण गरेको एक वर्ष पूरा भएको दिन पारेर हजारौं विपक्षीले राजधानी कायरो, अलेक्जेन्ड्रिया लगायतका शहरमा विरोध प्रदर्शन गरे ।

सन् २०११ को अरब विद्रोहको केन्द्रविन्दु ताहरिर स्क्वायरमा समेत मुर्सी विरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपतिका समर्थकहरूले समेत विभिन्न शहरमा ¥याली निकालेका थिए । समर्थक र विपक्षीका साथै प्रहरीबीच केही शहरमा हिंसात्मक झडपसमेत भएको छ । झडपमा ७ जनाको मृत्यु हुनाका साथै ६ सय भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...