बर्डफ्लु भएका कुखुराको पनि मासु बेचिन्छ, सजक हुनुहोस् है ! - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्डफ्लु भएका कुखुराको पनि मासु बेचिन्छ, सजक हुनुहोस् है !

Share This
१४ साउन । बर्डफ्लु लागेर कुखुरा मरिरहेको फार्मबाट कसैलाई जानकारी नै नदिई भक्तपुरका व्यवसायीले भैरहवा लैजाँदै गरेको कुखुरा सोमबार नियन्त्रणमा लिएको छ ।
राति नै बोलेरो गाडीमा हालेर भैरहवा लैजान लागेको भक्तपुर कटुञ्जे–२ मा पालिएको गङ्गाजमुना कुखुरा फार्मले ४५० वटा प्यारेन्ट स्टक कुखुरा भैरहवा लाँदै गर्दा जिल्ला पशुसेवा कार्यालय भक्तपुरले दिएको जानकारीका आधारमा ललितपुरमा नियन्त्रणमा लिएको हो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख खगेन्द्रप्रसाद भट्टले भक्तपुरबाट बिक्री गर्नका लागि वीरगन्जतर्फ कुखुरा लगिँदैछ भन्ने जानकारी पाएपछि ललितपुर पशुसेवा कार्यालयलाई खबर गरिदिएको र ललितपुरको सुन्दरीघाटमा उक्त कुखुरा नियन्त्रणमा लिएको बताउनुभयो ।

नियन्त्रणमा लिएको कुखुरालाई आजै सुन्दरीघाट मल पोखरी नजिकै खाल्डो खनेर पुरिएको पशुसेवा कार्यालय ललितपुरका प्रमुख डा मुगलप्रसाद शाहले जानकारी दिनुभयो ।

भक्तपुरको सिपाडोल–९ र नंखेल–२ मा रहेको पञ्चराम किसी र बलराम किसीको फार्ममा बर्डफ्लु भेटिएपछि एक सातामा दुई हजारभन्दा बढी कुखुरा मरिसकेको स्थानीयले बताएका छन् । मरेका कुखुरा प्रशासन र पशु कार्यालयलाई समेत जानकारी नै नदिई गत शुक्रबार राति लगेर पुरिए पनि त्यसको दुर्गन्ध फैलिएपछि स्थानीयले विरोध गरेका थिए ।

किसी दाजुभाइले लापरबाही रुपमा बर्डफ्लु लागेर कुखुरा मरिरहेको फार्मबाट राति नै भक्तपुर र काठमाडौँका मासु पसल एवम् कोल्ड स्टोरहरुमा बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here