भक्तपुरमा बर्डफ्लुको सन्त्रास बढ्दो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भक्तपुरमा बर्डफ्लुको सन्त्रास बढ्दो

Share This
१६ साउन । भक्तपुरमा पालिएका कुखुरामा दिन प्रतिदिन बर्डफ्लुको संक्रमण देखिन थालेपछि जनजीवन त्रसिद बनेको छ ।
भक्तपुरका थप दुईवटा कुखुरा फार्ममा पुनः बर्डफ्लु भेटिएको छ । भक्तपुर नङ्खेल–२ स्थित बलराम किसीको जीजे फर्म र भक्तपुर नगरपालिका लाकुलाछेका विमल घिमसुको पोल्ट्री फर्ममा पालेका कुखुरामा बर्डफ्लु भेटिएको हो ।

बर्डफ्लु भएको पुष्टी भएपछि प्राविधिकहरुको टोलीले घिमसुको फर्ममा रहेको ५ हजार कुखरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार किसीको फार्मको ८ हजार कुखुरा भने आज नष्ट गर्ने तयारी गरिएको छ ।

किसीको जीजे फार्ममा एक साता अघिदेखि कुखुरा मरे पनि सरकारी निकायलाई जानकारी नदिई मरेको कुखुरा गाड्ने र जिउँदा बजारमा पठाएको फेला परेको थियो । नमुना परीक्षणका लागि पठाउँदा बर्ड फ्लु फेला परेको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here