स–शर्त नेकपा–माओवादी वार्तामा बस्दैनः गजुरेल

३ साउन । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेकपा–माओवादी शर्तसहितको वार्तामा नबस्ने स्पष्ट पार्नु भएको छ ।

पाँचथर सदरमुकाम फिदिममा भएको पत्रकार सम्मेलनमा गजुरेलले उच्चस्तरीय राजनीतिक समितिले सर्तसहित पत्र पठाएकाले आफ्नो पार्टी वार्तामा जान नसक्ने बताउनु भएको हो ।

उपाध्यक्ष गजुरेलले संविधानसभाको कार्यसूची माओवादीको भएकाले त्यसबाट पार्टी पछि नहट्ने भएको भन्दै निकासका लागि गोलमेच सम्मेलन नै उत्तम विकल्प भएको बताउनु भयो ।

चारदलीय सिण्डीकेट अविलम्ब खारेज हुनुपर्ने गजुरेलको भनाइ थियो । चार दलीय समितिले मंसिर चार गतेलाई तोकेको चुनावमा माओवादीलाई सहभागी गराउन पत्रचार गरेलगत्तै माओवादी उपाध्यक्ष गजुरेलको यस्तो भनाइ आएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...