फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

Share This
१२ साउन । काठमाडौंमा जारी यू–१६ साफ फुटबल च्याम्यियनसिपमा अन्तर्गत शनिबार फाइनल प्रवेशका लागि नेपालले बंगलादेशको सामना गर्दैछ ।

दिउँसो ४ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँनेछ । समूह चरणका दुइ खेलमा जित र एकमा बराबरी नतिजा निकालेको नेपाल आजको खेलमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । नेपाल प्रतियोगितामा समूह ‘ए’को बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । बंगलादेश समूह ‘बी’को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको पहिलो खेलमा नेपालले भुटानमाथि ७–० को फराकिलो अन्तरको जित दर्ता गरेको थियो । यस्तै, डिफेन्डिङ च्याम्पियन पाकिस्तानलाई ३–० ले पराजित गरेको नेपालले अफगानिस्तानसँग भने एक एक गोलको बराबरी खेलेको थियो ।

बंगलादेशले भने पहिलो खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । भारतसंग बंगलादेश २–० ले पराजित भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here