स्नातक तह प्रथम वर्षको परीक्षा भदौ १७ गते देखि हुने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्नातक तह प्रथम वर्षको परीक्षा भदौ १७ गते देखि हुने

Share This
१२ साउन । त्रिभुवन विश्व विद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले संचालन गर्ने यस वर्षको स्नातक तह प्रथम वर्षको परीक्षा तालिका शनिबार सार्वजनिक भएको छ ।
परीक्षामा नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायका २०६३ देखि २०६९ सम्मका आंशिक, २०७० का पूरा र पहिलो वर्ष पहिलो पटक २०५४ मा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधी नाघेका मौका परीक्षा दिने विद्यार्थीहरु समेत सहभागि हुन पाउने कार्यालयले सुचनामार्फत जनाएको छ ।
परीक्षा आगामी भदौ १७ गतेदेखि असोज १७ गतेसम्म संचालन हुने छ । परीक्षा दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here