एसेस टेष्ट श्रृंखलाको दोस्रो खेलमा इङ्गल्याण्ड विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एसेस टेष्ट श्रृंखलाको दोस्रो खेलमा इङ्गल्याण्ड विजयी

Share This
७ साउन। एसेस टेष्ट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली इङ्गल्याण्ड विजयी भएको छ ।
लन्डनस्थित लडर्समा इङ्गल्याण्डले अष्ट्रेलियालाई ३ सय ४७ रनले हराएको हो । ५ सय ८३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २ सय ३५ रनमा सबै विकेट गुमाएपछि नतिजा इङ्गल्याण्डको पक्षमा गएको हो ।

दोस्रो इनिङ्गमा कङ्गारु टोलीका उस्मान ख्वाजाले ५४ रन बनाए भने विजेता टोली इङ्गल्याण्डका ग्राम स्वानले ४ विकेट लिए । पहिलो इनिङ्गमा ३ सय ६१ रन बनाएको इङ्गल्याण्डले दोस्रो इनिङ्गमा ७ विकेटको नोक्सानीमा ३ सय ४९ बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

अष्टेलियाले भने पहिलो इनिङ्गमा निरिह प्रदर्शन गर्दै १ सय २८ रन मात्र बटुलेको थियो । यसअघि भएको टेष्टमा पनि जित दर्ता गराएको इङ्गल्याण्डले ५ खेलको श्रृंखलामा २(० को अग्रता बनाएको छ । अब तेस्रो टेष्ट आगामी १७ गते म्यानचेष्टरमा खेलिनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here