जुवाडे शिक्षकहरु पक्राउ

१७ असार । नुवाकोटको विदुरस्थित एक होटलमा जुवा खेलिरहेका ६ शिक्षकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई तास खेलिरहेको समयमा नुवाकोट प्रहरीले ५५ हजार रूपैयाँसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हिराराम पाण्डे, रामकुमार केसी, गोकुल थापा, रामभक्त कँडेल, राजकुमार भेटवाल र विनोद मैनाली रहेका छन् ।

पक्राउ परेका शिक्षकहरूलाई जुवा ऐन २०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । अघिल्लो साता पनि नुवाकोटको विदुरमा तास खेलिरहेको अवस्थामा सरकारी कर्मचारी, पूर्वप्रहरीसहित आठ जना प्रक्राउ परेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...