साउने संक्रान्ति मनाइँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साउने संक्रान्ति मनाइँदै

Share This
१ साउन । मंगलबार साउन १ गते । देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ ।
मंगलबारबाट सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले मंगलबारको दिन पर्ने सक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको चाडपर्व सुरु हुने भएकाले पनि मंगलबारको दिनलाई चाडपर्वको सुरुवाती दिनका रूपमा लिने गरिएको छ । मंगलबार बेलुकी किसानहरूले विधिपूर्वक भलायोको दाउरालाई पूजा गरेर बलिरहेको अगुल्टो फाल्ने गर्दछन् ।

असारे वर्ष र हिलोमैलोबाट लाग्न सक्ने विभिन्न प्रकारका छालासम्बन्धी रोगबाट बच्न मंगलबार साँझ घरघरमा लुतो फाल्ने परम्परा रहेको छ । यसो गर्दा बाली राम्रो हुने र कुनै रोग नलाग्ने जन विश्वास रहेको छ । साउने सक्रान्तिका अवसरमा शिव मन्दिरहरूमा दर्शनार्थीको घुँइचो लागेको छ । साउन महिना हरियालीको मौसम पनि भएकोले महिलाले हरियो चुरा र महेन्दी लगाउने पनि प्रचलन रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here