तोकिएकै समयमा चुनाव सम्पन्न हुने रायमाझीको दाबी

२३ असार । एकिकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले मंसिर ४ गते नै सविधानसभाको चुुनाव हुने दावी गर्नुभएको छ ।

अर्घाखाचीको सन्धिखर्कमा भएको कार्यक्रममा नेता रायमाझीले निर्वाचन बाहेक कुनै विकल्प नभएकाले निर्धारित समयमै चुनाव हुने बताउनुभएको हो । निर्वाचन भाड्न खोज्नेहरु कमजोर रहेको भन्दै उहाले बर्तमान सरकारले नै चुनाव गर्ने दावी गर्नुभयो ।

नेता रायमाझीले भट्टराईको राजिनामा पार्टी भित्रको अन्तरविरोध नभई पार्टीमा पदमा बसेर मात्र योगदान गर्न सकिन्छ भन्ने परम्परा तोड्नलाई भएको जिकिर गर्नुभयो । उहाले साउन ४ गते बोलाइएको विस्तारित बैठकबाट पार्टीका सबै समस्या हल हुने दावी समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...